जीवन शाही पत्नी बसन्ती शाहीको ‘समय सकस’ पुस्तकको लोकार्पण

जनता संवाददाता
२०७९ चैत्र ११ गते, शनिबार

सुर्खेत । कर्णाली प्रदेशमा पूर्व मुख्यमन्त्री जीवा बहादुर शाहीकी धर्मपत्नि लेखक बसन्ती शाहीद्वारा लिखित गैर आख्यान पुस्तक ‘समय सकस’ को शनिबार लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कार्णाली प्रदेशका पुर्व मुख्यमन्त्री एवम् कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य जीवनबहादुर शाहीले एक कमर्यक्रमका बिच समय सकस पुस्तकको लोकार्पण गरेका थिए ।

कर्णाली प्रदेश लोक सेवा आयोगका सदस्य बसन्ती शाहीद्वारा लेखिएको समय सकस नामक पुस्तकको कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लोकार्पण समारोहको आयोजना गरि विमोचन गरिएको हो । लेखक शाहीले उक्त पुस्तक जन्माउन कम्तिमा ४ वर्ष खर्चेको बताएकी छन् ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाका कारण विश्वले भोग्नु परेको मानवीय र आर्थिक सङ्कटसंगै विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा प्रतिकूल प्रभाव, असहज परिस्थिति, नेपालको अर्थतन्त्र, जनजीवनमा परेका गम्भीर असर, कोरोना अबधिभर सरकारी पक्षबाट भए गरेका राम्रा तथा नराम्रा काम, बाटोमा हिड्दा, खादा, पिउँदा, साथी भेट्दा, कही कतैको यात्रा गर्दा, कोही नयाँ मान्छेलाई भेट्दा, नयाँ वस्तु देख्दा होस् वा वार्तालाप गर्दाका अविस्मरणीय क्षणको सो पुस्तक भित्र चित्रण गरिएको छ ।

किताब लेखिसकेर सार्वजनिक हुनु भनेको लेखकको उत्सुकता, प्रतिभा, सुचना र छटपटाहट विस्फोट हुनु हो । कागजको माध्यम भएर आएको आफ्नोे सिजर्नाले बजार भेटाएपछि अब मेरो नियन्त्रणमा नरहने र त्यसको आलोचना, समीक्षा, प्रशंसा एबं टिकाटिप्पणी गर्ने अधिकार सबै पाठकको हुने भनाई लेखक शाहीको धारणा छ ।

प्रकाशित मिति : २०७९ चैत्र ११ गते, शनिबार


Scroll to Top

Janata Media