‘सक्किगो नि’को तेस्रो सिजन जेठ ४ देखि प्रसारण हुने

जनता संवाददाता
२०८० बैशाख १ गते, शुक्रबार

काठमाडौं । टिभी श्रृंखला ‘सक्किगो नि’को तेस्रो सिजनको प्रसारण आगामी जेठ ४ गतेदेखि सुरु हुने भएको छ । लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले कलाकार र कथावस्तुमा हेरफेर गर्दै नयाँ सिजन ल्याउने तयारी भइरहेको जानकारी दिए ।

तेस्रो सिजनमा कलाकार हेरफेर हुने भएको छ । विषयवस्तु, प्रोडक्सन र भेषभूषालाई अझै गुणस्तरीय देखाउन प्रयास हुने जानकारी पाँडेले दिए । ‘अझै राम्रो गर्ने कोसिस गर्नेछौं,’ उनले भने । सिजनमा ३ मा कुल १०४ एपिसोड प्रसारण हुने भएका छन् ।

यो सोसल कमेडी टिभी सिरिजको छायांकन चाँडै सुरु हुनेछ । पाँडेले कुमार कट्टेल ‘जिग्री ब्रो’सँग मिलेर सिरिज निर्देशन गर्ने भएका छन् । यो सिरियल हिमालय टिभी एचडीबाट प्रसारण हुँदैछ ।

प्रकाशित मिति : २०८० बैशाख १ गते, शुक्रबार


Scroll to Top

Janata Media