बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरको भूकम्प

जनता संवाददाता
२०८० बैशाख १४ गते, बिहीबार

सुदूरपश्चिम प्रदेशको केही जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ।

शुक्रबार राति १ बजेर ३० मिनेटको समयमा बाजुरा जिल्लाको दहकोट आसपास केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

उक्त भूकम्प बाजुरा लगायत सुदूरपश्चिमका अन्य भागहरुमा पनि महसुस गरिएको स्थानीयहरुले बताएका छन्।

यसअघि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ११ बजेर ५९ मिनेटको समयमा सोही क्षेत्र आसपास ४.९ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको थियो।

प्रकाशित मिति : २०८० बैशाख १४ गते, बिहीबार


Scroll to Top

Janata Media