भ्रष्टाचारीलाई कारबाही गर्ने अभियान रोकिँदैनः प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०८० बैशाख २३ गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पारे। उनले भ्रष्टाचारबिरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने उल्लेख गरे। उनले दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने पीतवद्धता जनाए।

उनले भने, ‘यो अभियान रोकिँदैन, प्रक्रिया, पद्धतिअनुसार दृढताकासाथ अघि जान्छ। दोषी कोही नछुट्न्, निर्दोष कोही नपरुन् भन्ने मान्यताबाट हामी अघि बढ्छौँ। म दबाबमा पर्दिन, कारबाही अघि बढ्छ।’

प्रधानमन्त्री दाहालले आफू दबाबमा नपरीकन काम गर्ने बताए।

प्रकाशित मिति : २०८० बैशाख २३ गते, शनिबार


Scroll to Top

Janata Media