नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले धरहराको उद्घाटन गरेको पनि दुई वर्ष बितिसक्यो। तरपनि यो सर्वसाधारणका लागि खुला भएको छैन। कुनैपनि पूर्वाधारको उद्घाटन सामान्यतया निर्माण सम्पन्न भएर र संचालनमा आउनुअघि गरिन्छ।
तर, पूर्व प्रधानमन्त्री ओलीले आफ्नो सरकारको काम देखाउन हतारहतारमा धरहरा उद्घाटन त गरे। तर यसको पुनः निर्माण अझै सकिएको छैन। यसमा सर्वसाधारण कहिले चढन पाउने हुन्रु त्यसको टुङगो अझै छैन।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वैशाखमा निर्माणाधिन धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ ठडिएपनि भित्री र बाहिरी संरचनाको काम भने सकिएको थिएन। ओलीले हतारमा उद्घाटन गरेपनि धरहराको पुनर्निमाण सकिन अझै केही समय लाग्ने देखिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो वैशाखमा निर्माणाधिन धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ ठडिएपनि भित्री र बाहिरी संरचनाको काम भने सकिएको थिएन। ओलीले हतारमा उद्घाटन गरेपनि धरहराको पुनर्निमाण सकिन अझै केही समय लाग्ने देखिएको छ।
२०७२ को भूकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माणका लागि ओलीले २०७२ फागुन ४ गते ‘मेरो धरहरा मै बनाउँछु’ अभियान घोषणा गरेका थिए।
ओलीले धेरै काम बाँकी हुँदै हतारमा धरहरा उद्घाटन गरेकाले काम सकिन अझै समय लाग्न बताइएको छ। हालसम्म निर्माण कार्यको ८५ प्रतिशत मात्र काम सकिएको छ। अझै १५ प्रतिशत काम गर्न भने बाँकी नै छ।
धरहरा निर्माणको जिम्मा पाएको रमण निर्माण कम्पनीका अनुसार धरहरा वरपरको बगैंचा र बेसमेन्ट बनाउने काम बाँकी नै छ। निर्माण कम्पनीले असार मसान्तसम्म भवन निर्माण विभागलाई धरहरा हस्तान्तरण गरिसक्ने समयसीमा थियो। तर कारण बस समय लम्भाइएको कम्पनीले जनाएको छ।
कम्पनीले असोजसम्ममा भवन निर्माण विभागलाई हस्तान्तरण गर्ने दाबी गरेको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुनर्निर्माण भइरहेको धरहराका लागि तीन अर्ब ४८ करोड रूपैयाँमा ठेक्का दिइएको हो। निर्माण कम्पनीका अनुसार हालसम्म दुई अर्ब १५ करोड रूपैयाँ खर्च भइसकेको छ।







