काठमाडौँ । संसद्मा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ ‘क’ मा थप गरिएको संशोधन विधेयकमा कही मानव अधिकार विरोधी प्रावधान रहेको भन्दै त्यसको विरुद्धमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आयोजना गरिएको धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

शाखा सभापति भगवान पुडासैनीलगायत ७० जनाभन्दा बढी अधिकारकर्मीहरु सहभागी कार्यक्रममा विभिन्न नाराअंकित प्लेकार्डहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा संशोधन विधेयकका सन्दर्भमा शान्ति समाजको अवधारणाबारे केन्द्रिय सभापति रामकृष्ण बरालले धारणा राख्दै उक्त संशोधन विधेयक अविलम्ब फिर्ता लिन आग्रह गरेका थिए।

कार्यक्रमको संचालन जिल्ला सचिव सार्जन चापागाईले गरेका थिए।







