आजको मौसम : तीन प्रदेशमा मेघ गर्जनसहित वर्षा हुने

जनता संवाददाता
२०८० जेष्ठ ४ गते, बिहीबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू९भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा देशका बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते, बिहीबार