ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु

जनता संवाददाता
२०८० जेष्ठ ५ गते, शुक्रबार

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका ३ लिङखिम सिँवाका १९ वर्षीय सन्दीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

उनका अनुसार गएराति मैवाखोला गाउँपालिका १ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सन्दीपको घटनास्थलमै मृत्यु भएको हो ।

चालक मिक्वाखोला गाउँपालिका १ का कुशल लिम्बू भने दुर्घटनापछि भागेको प्रहरीले जनाएको छ ।

फरार चालकको खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते, शुक्रबार


Scroll to Top

Janata Media