काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट अनेरास्ववियुले कैलालीको गेटामा रहेको सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्न माग गर्दै दबाबमुलक प्रदर्शन गरेको छ।अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा मंगलबार माइतीघर मण्डलामा दबाबमुलक विरोध प्रर्दशन गरेको हो। सरकारले आफ्नो नीति तथा कार्यक्रममा कैलालीको गेटामा सहिद दशरथ चन्द विज्ञान विश्वविद्यालय बनाउने घोषणा गरे पनि बजेटमा १०० शय्याको प्रतिष्ठान बनाउने घोषणापछि सुदूपश्चिम प्रदेशमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ।







