काठमाडौं उपत्यकामा आपराधिक गतिविधि बढ्दो, बैंकिङ कसुरको अपराध पहिलो स्थानमा

चक्र दानी
२०८० श्रावण १ गते, सोमबार

काठमाडौं । यस आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा काठमाडौं उपत्यकामा आपराधिक गतिविधि बढेका छन् ।

सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९र८० को प्रगति कार्य सम्पादन बिवरण प्रस्तुत गर्दै यस वर्ष चार हजार चार सय ८७ ले अपराधका घटना भएको जानकारी दिएको हो ।

अघिल्लो वर्ष दर्ता भएका मुद्दा ८ हजार नौं सय ७७ रहेको थियो भने यो वर्ष १३ हजार चार सय ६४ सङख्या पुगेको छ ।पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले टपटेनमा पर्ने अपराधको कुरा गर्द चेक बाउन्स अर्थात बैकिङ कसुरको मुद्दा १ नम्बरमा रहेको बताए ।

उनले भने ‘ अघिल्लो आर्थिक वर्षको तुलनामा बैकिङ कसुरको मुद्दा तीन हजार तीन सय ८६ ले अपराध बढेर सात हजार एक सय एक पुगेको छ । यस्तै अभद्र व्यवहार, चोरी ठगी र लागू औषधका अपराधहरु पनि बढ्दो अवस्थामा रहेको काकीले बताए ।

त्यस्तै अभद्र व्यवहार विरुद्धमा दुई हजार आठ सय ९५ वटा मुद्दा दर्ता भएका छन् । अघिल्ले आर्थिक वर्षमा दुई हजार तीन सय १६ रहेको थियो । चोरी सम्बन्धी कसुर पनि एक सय ८७ ले बढेको छ ।

अघिल्लो वर्षको तुलनामा ठगी सम्बन्धि मुद्दा भने घटेको छ । अघिल्लो वर्षमा आठ सय १२ वटा मुद्दा दर्ता भएको यो वर्ष चार सय १४ वटा मात्र मुद्दा दर्ता भएका छन् । लागु औषध सम्बन्धि मुद्दा तीन सय ६८ दर्ता भएका छन् अघिल्लो वर्षको तुलनामा २९ ले बढेको हो ।

आत्महत्या सम्बन्धि घटना पनि बढेको छ तीन सय ५७ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष तीन सय ४१ थियो । महिला तथा बालबालिका सम्बन्धि कसुर भने घटेको छ । अघिल्लो वर्ष तीन सय ८२ थियो भने अहिले तीन सय २५ मात्र रहेको छ । सवारी ज्यान तथा अंगभंग सम्बन्धि कसुर अघिल्लो वर्ष एक सय ७३ अहिले १ सय ८९ छ । कर्तव्य ज्यान मुद्दा अघिल्लो वर्ष ३७ यो आर्थिक वर्षमा २७, अन्य अपराध अघिल्लो वर्ष ४ सय २ यो वर्ष एक हजार एक सय ४१ रहेको छ ।

प्रकाशित मिति : २०८० श्रावण १ गते, सोमबार


Scroll to Top

Janata Media