सामाजिक सञ्जालमा भाइरल भेलुबाजेको निधन

जनता संवाददाता
२०८१ बैशाख २१ गते, शुक्रबार

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको निधन भएको हो ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमिला खनालले बिहीबार उपचारका क्रममा निधन भएको जानकारी दिइन्। हँस्यौली ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए।

प्यूठान नगरपालिका-५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमतीको निधनपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते, शुक्रबार


Scroll to Top

Janata Media