डेंगु सङ्क्रमणका कारण महिलाको मृत्यु

जनता संवाददाता
२०८० श्रावण २२ गते, सोमबार

काठमाडौँ । पाल्पामा डेंगु सङ्क्रमित महिलाको मृत्यु भएको छ । तानसेन–६, बर्तुङ्की ६९ वर्षीया महिलाको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा साउन २१ गते साँझ मृत्यु भएको हो ।

मृतक महिलामा एक साता अघि डेंगु सङ्क्रमणको पुष्टि भएको मिसन अस्पतालले जनाएको छ । पाल्पामा पछिल्लो समय डेंगु सङ्क्रमणको सङ्ख्या बढ्दै गएको छ ।

पछिल्लो एक महिनायता पाल्पामा १५ भन्दा बढी मानिसमा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराइले जानकारी दिए ।

प्रकाशित मिति : २०८० श्रावण २२ गते, सोमबार


Scroll to Top

Janata Media