मुगुमा बोलेरो जीप दुर्घटना: तिन जनाको मृत्यु, अन्य सवार घाइते

जनता संवाददाता
२०८० श्रावण २९ गते, सोमबार

काठमाडौँ । मुगुमा बोलेर जीप दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । तिन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा सदरमुकाम गमगढीमा भएको हो ।

सोरू गाउँपालिकाको वडा नम्बर ७ मा सिप पहिरो नजिकै ज १ च ७७६२ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक महेश बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेहरूको पहिचान नखुलेको बस्नेतले बताए । अन्य घाइतेहरूको उद्दार गरेर गमगढीतर्फ पठाइ सकिएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० श्रावण २९ गते, सोमबार


Scroll to Top

Janata Media