राप्रपा हुम्लाद्वारा उपनिर्वाचनमा उपाध्यक्षको उम्मेद्धारीका लागि दुई जनाको सिफारिस

जनता संवाददाता
२०८१ आश्विन २४ गते, बिहीबार

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष पदका लागि रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि राप्रपा हुम्लाले दुई जनाको सिफारिस गरेको छ । मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि राप्रपाले दुई जनाको नाम सिफारिस गरेको हो ।

जिल्ला कार्य समितिको निर्णयबाट उपाध्यक्ष पदको लागि दुई जनाको नाम सिफारिस गरिएको राप्रपा जिल्ला अध्यक्ष विकास महतले बताए।

उनले उपनिर्वाचनका लागि उपाध्यक्षमा सिफारिस गरिएका नाममा सर्केगार्ड गाउँपालिका– १ का छक्क बुढा रहेका छन्। उनी हाल राप्रपा हुम्लाको क नम्बर प्रदेशका अध्यक्ष रहेका छन्। त्यसैगरि सोही वडाका शिवराज रोकायाको नाम पनि सिफारिस गरिएका छ।

दसैँ सम्पन्न भएलगत्तै अध्यक्ष महतको टोली सर्केगाड गाउँपालिकामा चुनावी प्रचार प्रसारका लागि जाने तयारीसमेत गरिएको जनाईएको छ ।

२०७९ स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रविच भएको गठबन्धनले निर्वाचन जितेको थियो । सो निर्वाचनमा नेपाली कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष पद जितेका थिए । उक्त निर्वाचनमा राप्रपाले वडा ८ मा एक जना सदस्य जितेको थियो ।

प्रकाशित मिति : २०८१ आश्विन २४ गते, बिहीबार


Scroll to Top

Janata Media