सुन तस्करीको अनुसन्धान सिआईबीले नै टुंगोमा पुर्‍याउँछः गृहमन्त्री श्रेष्ठ

जनता संवाददाता
२०८० भाद्र ३ गते, आईतवार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुंगोमा पुर्‍याउने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताएकाहुन्। उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुंगोमा पुर्‍याउने दाबी गर्नुभयो। उहाँले संसद गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताए।

उनले भने, ‘‘संसदको अवरोध अन्त्य गर्ने सन्दर्भमा बैठक केन्द्रित थियो। राम्रोसँग छलफल भएको छ, आज नै निष्कर्षमा पुगेको छैन। तर छलफल सकारात्मक छ। हामीलाई विश्वास छ, भोलिसम्ममा निष्कर्ष सकारात्मक निस्केला र पर्सीसम्ममा सदन खुल्ला कि भन्ने आशावादी छौँ। सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको छ। सिआईबीले नै यसलाई टुंगोमा पु याउनेछ।’’

फरक प्रसंगमा गृहमन्त्री श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा आफूले भारतबाट आउनुभएका अध्यात्मिक गुरु धिरेन्द्र शास्त्रीसँग भेट गरेको बताए।

प्रकाशित मिति : २०८० भाद्र ३ गते, आईतवार


Scroll to Top

Janata Media