प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित, भोलि दिउँसो ३ बजे बस्ने

जनता संवाददाता
२०८० भाद्र ५ गते, मंगलवार

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि सारिएको हो ।

संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको हो ।

‘मंगलबार दिउँसो ३ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुखज्यूले सभाको अर्को बैठक २०८० साल भदौ ६ गते बुधबार  दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ संघीय संसदका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ५ गते, मंगलवार


Scroll to Top

Janata Media