घुस लिएको आरोपमा नापीका अमिन पक्राउ

जनता संवाददाता
२०८० भाद्र ६ गते, बुधबार

काठमाडौं । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले अमिन यादवले १० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए । आयोगले सो रकम लिइसकेको अवस्थामा आयोगको टोलीले बुधबार पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८० भाद्र ६ गते, बुधबार


Scroll to Top

Janata Media