ओली अस्वस्थ भएपछि बालकोट जाँदै प्रचण्ड र देउवा

जनता संवाददाता
२०८० बैशाख ४ गते, सोमबार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली अस्वस्थ भएपछि अर्का पूर्वप्रधानमन्त्री देउवा र वर्तमान प्रधानमन्त्री प्रचण्ड सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेका हुन्।

देउवा र दाहालले अस्वस्थ भइ आफ्नो निवास बालकोटमै आराम गरिरहेका ओलीलाई भेट्न तथा‍ वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न त्यहाँतर्फ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार ओलीको स्वास्थ्यमा समस्या भएकाले संबैधानिक परिषद् सम्बन्धी र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल केही दिनयता अवरुद्ध हुँदै आएको छ।

सोही विषयमा छलफलका लागि आज यी दुई नेता बालकोट जान लागेका हुन्।

प्रकाशित मिति : २०८० बैशाख ४ गते, सोमबार


Scroll to Top

Janata Media