काठमाडौँ । मिर्गौला फेल भएकी रङ्गा महताराको उपचारको क्रममा निधन भएको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ घर भएकी रङ्गा महताराको उपचारको क्रममा काठमाडौँमा निधन भएको हो ।
उनका श्रीमान मनोज धामी सोरु गाउँपालिका मुगुका हुन् । उनी विगत ६ महिनादेखि काठमाडौँमा मिगौँलाको डायलासिस गराइरहेकी थिईन् । उपचारका क्रममा उनको २० वर्षको उमेरमा निधन भएको हो । उनको उपचारका लागि जनता मिडियाको अग्रसरतामा ५६,९६० रुपैंया आर्थिक सहयोग जुटेको थियो ।
आर्थिक अभावका कारण उनको उपचार पनि समयमा हुन सकेको थिएन ।
https://www.facebook.com/share/v/161aJvCeSF/







