एमालेलाई बदनाम गराउने प्रयास भइरहेको छ : अध्यक्ष ओली

जनता संवाददाता
२०८० भाद्र १२ गते, मंगलवार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् ।

आफूमाथि आरोप लगाइएका सबै विषयमा सरकारले छानबिन गरे सरकारमा रहेकाहरु आफैँ जेल जाने अध्यक्ष ओलीले दावी गरे । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “गिरीबन्धु टी स्टेटको जग्गा गैरकानूनी रुपमा बिक्रीगरी कमिसन खानेहरुले मलाई बदनाम गराउने कोशिस गरिरहेका छन् ।”

त्यसमा तत्काल छानबिन गर्न उनले सरकारसँग माग गरे । एमाले नेतृत्वको तत्कालीन सरकारले सो स्टेटको जग्गालाई कानुनी दायरामा ल्याउन कानुन निर्माण गरेको तर त्यहाँ कुनै पनि अनियमित्ता नगरेको उनले बताए । एमालेले कुनै पनि प्रकारको गलत काम नगरे पनि बिरोधीहरुले बदनाम गराउने नियतले त्यस्ता खालको आरोप लगाउनेगरेको उनको भनाइ छ ।

बाइडबडीबारे छानबिन गरे पनि सरकार र सत्तारुढ दलहरु आफैँ जेल जाने ओलीको भनाइ छ । उनले एमालेले देश बनाउने भिजन लिएको भन्दै सोही उद्देश्य पूरा हुनेगरी अघि बढन पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिए ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते, मंगलवार


Scroll to Top

Janata Media