अक्कल कोपिला फाउण्डेसनको सहयोग र जनता मिडियाको आयोजनामा वक्तृत्वकला/हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

जनता संवाददाता
२०८२ असार २८ गते, शनिबार

हुम्ला । अक्कल कोपिला फाउण्डेसनको सहयोग र जनता मिडियाको आयोजनामा आधारभुत विद्यालय (पालिका) स्तरिय वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ मा रहेको सुर्योदय माध्यामिक विद्यालयमा आधारभुत विद्यालय (पालिका) स्तरिय वक्तृत्वकला तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

जनता मिडियाका सञ्चालक चक्र दानीको सभाध्यक्षमा र गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य अनिता बुमी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, सञ्चारकर्मी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

गाउँपालिकाभित्र रहेका आठओटा आधारभुत विद्यालयमध्ये आठओटै विद्यालयको सहभागिता रहेको थियो । जस अन्तर्गत आधारभुत विद्यालय (पालिका) स्तरिय छात्राहरुको लागि वक्तृत्वकला प्रतियोगिता र खुल्ला हाजिरीजवाफ प्रतियोगितामा सहभागी भएका थिए । विद्यालयहरु जनकल्याण माध्यामिक विद्यालय, सुर्योदय माध्यामिक विद्यालय, छत्रपाल आधारभुत विद्यालय, ज्ञानोदय माध्यामिक विद्यालय, जनप्रिय माध्यामिक विद्यालय, सल्लाघारी नमुना माध्यामिक विद्यालय, हिमालचुली आधारभुत विद्यालय र कैलाशपुरी माध्यामिक विद्यालय सहभागी थिए ।

वक्तृत्वकला प्रतियोगितामा सुर्योदय माध्यामिक विद्यालयका छात्रा कविता प्रथम, कैलाशपुरी माध्यामिक विद्यालयका छात्रा सबिता कट्टेल द्धितिय र ज्ञानोदय माध्यामिक विद्यालयका छात्रा शुशिला जैसी तृतिय भएकी थिईन् । त्यस्तै हानिरीजवाफ प्रतियोगितामा सुर्योदय माध्यामिक विद्यालयले प्रथम, जनकल्याण माध्यामिक विद्यालयले द्धितिय र जनप्रिय आधारभुत विद्यालयले तृतिय स्थान हासिल गरेको थियो ।

प्रकाशित मिति : २०८२ असार २८ गते, शनिबार


Scroll to Top

Janata Media