स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु, ७ जना घाइते

जनता संवाददाता
२०८० भाद्र १३ गते, बुधबार

बुटवल । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो गाडी पुरिँदा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ७ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको हो ।

पहिरोमा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र तीन बच्चासहित ७ जनालाई उद्धार गरिएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

गुल्मीबाट बुटवलतर्फ आउँदै  गरेको स्कार्पियो बिहान साढे ८ बजे पहिरोले च्यापिएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक राजकुमार चापागाईंले बताए । पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १३ गते, बुधबार


Scroll to Top

Janata Media