बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु

जनता संवाददाता
२०८० भाद्र १७ गते, आईतवार

बाजुरा । बाजुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्ध गाउँ स्थित तुले रावलक १२ वर्षाीया छोरी प्रमिला रावल रहेकी छिन्।

शनिबार राती १२ बजे हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर प्रमीलासँगै एक भैँसी, भैँसीको पाडो र एक गोरुसमेत मरेको बडिमालिका नगरपालिकाका पूर्व मेयर पदम बडूवालले बताए।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय कक्षा २ मा अध्ययनरत बालिका प्रमिला बुवा तुले रावलसँगै माथथला भन्ने लेक स्थित भैँसी खर्कमा बस्दै आएको स्थानीय मन रावलले बताए।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार चट्याङले गरेको थप क्षतिको विवरण बारे एकिन गर्न प्रहरीको टोली घटना स्थलमा प्रस्थान गरिसकेको छ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार


Scroll to Top

Janata Media