ओलीले लगाए राष्ट्रपतिको हातबाट दशैंको टीका

जनता संवाददाता
२०७९ आश्विन १९ गते, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् ।

केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली बुधबार दिउँसो मात्र काठमाडौं आएका थिए । उनी पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिएकी छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपतिसँग दशैंको टीका लगाएका छन् ।

प्रकाशित मिति : २०७९ आश्विन १९ गते, बुधबार


Scroll to Top

Janata Media