एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित स्वयम्भूबाट एक जना पक्राउ

जनता संवाददाता
२०८० भाद्र २२ गते, शुक्रबार

काठमाण्डाै । काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले एक लाख रुपैयाँ बराबरकाे नक्कली नाेटसहित गाेरखाकाे गाेरखा नगरपालिका-३ धारापानी घर भइ काठमाण्डाै नागार्जुन नगरपालिका–८ भीमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई पक्राउ गरेकाे हाे ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई स्वयम्भूमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिए । थापाको साथबाट एक लाख  (एक हजार दरका १०० थान) नक्कली नोट बरामद भएको उनले बताए ।

उहाँका अनुसार पक्राउ परेका थापालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डाै पठाइएकाे छ ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते, शुक्रबार


Scroll to Top

Janata Media