गैरीगाउँ हत्या प्रकरण: एकै व्यक्तिले चारैजनाको हत्या गरेको प्रहरी निष्कर्ष

जनता संवाददाता
२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौं । काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्या एकै व्यक्तिले गरेको निष्कर्ष प्रहरीले निकालेको छ । आज पक्राउ परेका व्यक्ति एक्लै घटनामा जिम्मेवार रहेको ठहर गरिएको हो ।

घटनास्थलको सीसीटीभी क्यामरामा कैद भएका व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । उनले नै सबैको हत्या गरेको देखिएको काठमाडौं प्रहरी परिसर स्रोतले बतायो ।

यसअघि अपराध अनुसन्धान महाशाखाले घटनाको जानकारी गराउन आएका दीपेन्द्र राईलाई पक्राउ गरेर राखेको थियो । तर, उनको घटनामा संलग्नता नदेखिएको परिसर स्रोतको दाबी छ । परिसरले आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो पनि पढ्नुहोस्:

काठमाडौँको गैह्रीगाउँमा ४ जनाको ‘खुकुरी’ प्रहार गरेर हत्या

गैह्रीगाउँ हत्या प्रकरण : चारै जनाको शव पहिचान, शव टिचिङ लगियो

गैह्रीगाउँ हत्या प्रकरण: शङ्कास्पद व्यक्ति ट्याक्सी चढेर आफैं पुगेका थिए प्रहरी चौकी

गैह्रीगाउँ हत्या प्रकरण: चार जनाको हत्यापछि घटनास्थल शुनशान (तस्विरहरु)

प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार


Scroll to Top

Janata Media