न्याम्सको दीक्षान्त समारोह असोज १८ मा हुने

जनता संवाददाता
२०८० आश्विन २ गते, मंगलवार

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह यही असोज १८ गते हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं न्याम्सका सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा आइतबार बसेको २७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज १८ गते गर्ने निर्णय गरेको हो ।

तीन वर्षपछि बसेको सिनेटले न्याम्सको आर्थिक प्रतिवेदन, शैक्षिक प्रतिवेदन, प्राज्ञिक परिषद्का सदस्यहरुको नियुक्ती, न्याम्स ऐन संशोधनको प्रस्ताव लगायतका प्रस्ताव पास गरेको न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहले जानकारी दिए । न्याम्सका सदस्य सचिवसमेत रहनुभएका रजिष्ट्रार डा. शाहले असोज १८ गते हुने दीक्षान्त समारोहमा चिकित्सा विज्ञानमा स्नातकोत्तर एमडी, एमएस गरेका विशेषज्ञ चिकित्सकका अतिरिक्त नर्सिङ, एमआईटी, एमसिएच लगायतका विषयको अध्ययन पूरा गरेकाहरुलाई दीक्षित गरिने बताए ।सिनेटले आर्थिक वर्ष २०७७ । ७८ देखि २०८०। ८१ सम्मको बजेट अनुमोदन गरेको छ भने भरतपुर अस्पताल र भेरी अस्पताललाई न्याम्सको आङ्गिक अस्पतालका रुपमा ग्रहण गर्ने मन्त्रिपरिषद्ले गरेको निर्णयलाई समेत अनुमोदन गरेको डा शाहले जानकारी दिए । त्यसैगरी राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानका दुई जना सदस्यलाई सिनेट सदस्यमा मनोनयन गर्ने निर्णय पनि सिनेटले गरेको छ ।

सिनेट बैठकमा न्याम्सका उपकुलपति प्रा।डा। भुून्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, डीन डा. अशिस ढुङ्गानाका साथै राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य मन्त्रालयका सचिव डा.रोसन पोखरेल, शिक्षा सचिव, अर्थ सचिव, वीरका निर्देशक डा.सन्तोष पौडेल, ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, वरिष्ठ मुटुरोग विज्ञ डा. भगवान कोइराला, आईओएमकी डिन डा. दिव्या सिंह लगायतका सिनेट सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८० आश्विन २ गते, मंगलवार


Scroll to Top

Janata Media