हुम्लाको चंखेलीमा जिप दुर्घटनाः तिन जनाको घटनास्थलमै मृत्यु, ६ जना घाइते

जनता संवाददाता
२०८२ आश्विन २४ गते, शुक्रबार

काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकामा जिप दुर्घटना हुँदा तिन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसन्ति बुढा, उनको छोरा र मानबिर बुढा रहेका छन् ।

घाईते हुनेमा कैलाश शिरा, बहादुर लामा, महेन्द्र रोकाया, हंश बुढा, पार्बती बुढा र बिमला बुढा रहेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८२ आश्विन २४ गते, शुक्रबार


Scroll to Top

Janata Media