नवनियुक्त चार राजदूतद्वारा शपथ ग्रहण

जनता संवाददाता
२०८० आश्विन १० गते, बुधबार

काठमाडौं । नवनियुक्त चार राजदूतहरूले शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले चार जना राजदूतहरूलाई शपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा आयोजित एक समारोहबिच राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

समारोहमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब एमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीटजरल्याण्डका लागि रामप्रसाद सुवेदीले शपथ ग्रहण गरेका छन् ।

उक्त अवसरमा माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० आश्विन १० गते, बुधबार


Scroll to Top

Janata Media