
काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–२० लिगमा काठमाडौं नाइट्सले चौथो जित निकालेको छ । चौथो जित निकाल्ने क्रममा काठमाडौंले मंगलबार विराटनगर सुपर किंग्सलाई ३४ रनको हरायो ।
अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौंले सात म्याच खेल्दा तीन खेलमा हारको सामना गरेको छ । विराटनगरको भने यो पाँचौं हार हो ।
आफ्नो सातौँ खेलमा काठमाडौंले दिएको ९३ रनको रनको लक्ष्य पछ्याएको विराटनगरले ८।५ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्र बनाउन सक्यो । उसका लागि गौरांशु शर्माले २२, विवेक यादवले १२ र नन्दन यादवले अविजित ११ रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । काठमाडौंका लागि कमल सिंह ऐरीले तीन, सुनम गौतम, अनिल खरेलले दुईरदुई, बसिर अहमद र अविनाश बोहराले एकरएक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौंले ९ ओभरमा ५ विकेट गुमाएर ९२ रन बनायो । उसका लागि सन्दीप रजालीले अविजित ३२, कप्तान ज्ञानेन्द्र मल्लले १४, एलेक्स ब्लेकले १३ र कमल ऐरीले अविजित १४ रन बनाए ।
विराटनगरका लागि नन्दन यादवले तीन, हुसेन तलत, केओन जोसेफले एकरएक विकेट लिए । पारिश्रमिक नपाएपछि खेलाडीले आजदेखि लिग नखेल्ने बताएका थिए । तर, नेपाल क्रिकेट संघ ९क्यान० र टिम मालिकबीच पारिश्रमिकको विषयमा सहमति भएपछि खेलाडी लिग खेल्न तयार भएका थिए ।
पारिश्रमिक विवादकै कारण आज पहिलो खेल ९ ओभरमा झारिएको थियो ।