राष्ट्रियताको प्रश्न उठेपछि टासीको नागरिकता र वडाको सिफारिस सार्वजनिक

जनता संवाददाता
२०८२ आश्विन २६ गते, आईतवार

काठमाडौँ । राष्ट्रियताबारे प्रश्न उठेपछि जेन–जीले जलवायु अभियन्ता टासी ल्हाजोमको नागरिकता र वडाको सिफारिसपत्र नै सार्वजनिक गरेका छन् ।

इन्डिजिनिअस जेन–जी कलेक्टिभ र जेन–जी मुभमेन्ट अलाइन्सले उनको नागरिकता र वडाको सिफारिसपत्र सार्वजनिक गरेका हुन् ।

उनीहरूले टासीबारे उठेका प्रश्न र आलोचनाप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : २०८२ आश्विन २६ गते, आईतवार