मौसम सुधार हुन अझै चार दिन लाग्ने

जनता संवाददाता
२०८० चैत्र ९ गते, शुक्रबार

काठमाडौं । मौसम सुधार हुन अ झै तीन/चार दिन लाग्ने भएको छ । मौसमविज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र भारतको बिहार नजिक बनेको न्यूनचापीय प्रणालीको असर अझै केही दिन पर्ने देखिएकाले मौसम खुल्न केही दिन लाग्ने देखिएको छ ।

महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार उक्त प्रणालीको कारण अहिले काठमाडौं उपत्यकासहित देशैभरको मौसम बदली भएको छ ।

जसका कारण गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। तीन वटा प्रदेशमा राति हल्का वर्षाको सम्भावना रहेको मौसमविद् भेटुवालको भनाइ छ ।

उहाँले भन्नुभयो, “पश्चिमी वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको असरका कारण देशैभरको मौसम बदली भएको छ, यसको असर केही दिन रहने भएका कारण तीन÷चार दिन मौसम खुल्ने देखिन्न ।”

प्रकाशित मिति : २०८० चैत्र ९ गते, शुक्रबार


Scroll to Top

Janata Media