नयाँ सडकको फुटपाथ विस्तारमा स्थानीयको विरोध

जनता संवाददाता
२०८१ श्रावण ५ गते, शनिबार

काठमाडौँ, । काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्।

शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नम्बर २२ स्थित नयाँ सडक परिसरमा फुटपाथ बढाउने काम सुरु भएपछि उनीहरुले विरोध गरेका हुन्।

केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो। स्थानीयले दिनभर फुटपाथ विस्तारमा अवरोध गेका स्थानीयले साँझ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको पुतला दहनसमेत गरेका छन्।

प्रकाशित मिति : २०८१ श्रावण ५ गते, शनिबार


Scroll to Top

Janata Media