बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी

जनता संवाददाता
२०८० माघ २८ गते, आईतवार

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ ।

आइतबार दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी बलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं र ललितपुर बारुण यन्त्र कार्यालयबाट गएका दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको काठमाडौं महानगर प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुलेको छैन् ।

 

प्रकाशित मिति : २०८० माघ २८ गते, आईतवार


Scroll to Top

Janata Media