मुगुमा आमा, दुई छोरा र एक छोरीको हत्या

जनता संवाददाता
२०८० कार्तिक १० गते, शुक्रबार

मुगु । मुगुस्थित एक गाँउमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ । छाँयानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउकी २६ वर्षिया श्रीदेवि बोहोरा र उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षिया छोरा रहर बोहोरा र ७ वर्षिया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए ।

शुक्रवार विहान ११ बजे खबर पाउना साथ घटना स्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो । प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्री देवि बोहोरा छोरा छोरी सहित ७ गते विहान दशै टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । ८ गते वेलुका घर फर्केका उनीहरुको सोही राती हत्या भएको अनुमान गरिएको छ ।

९ गते विहानै देखि घर बाहिर ताला लगाएको देखिए पछि छिमेकिहरुले विहानै सिमि टिप्न खेत गरा तिर गएका होलान सोचेका रहेछन १० गते विहान पनि घरमा ताला लगाएको देखेपछि गाउलेहरुले फेरि माइती गएकी भनी माइतिमा फोन गर्दा ८ गते नै फर्केको जानकारी दिएपछि गाउलेहरुले शुक्रबार विहान १० बजे तिर ढोकाको ताला तोडि भित्र हेदा चारै जना मृत अवस्थामा फेला परेका थिए ।

मृतकमा श्रीमान बैदेशिक रोजगारीमा गएका छन् । हत्या किन भयो भन्ने खुृल्न सकेको छैन । सबै क्षेत्रबाट विस्तृत अनुसन्धान गरि हत्यारा पत्ता लगाइ कानुनको कठघरामा उभ्याइ छाड्ने प्रनाउ विरेन्द्र थापाले बताए ।

हत्या गरिएका चारै जनाको लास पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । घटना स्थल जिल्ल सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दक्षिण पुर्वमा रहेको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते, शुक्रबार


Scroll to Top

Janata Media