श्रीनगरमा क्रिकेट खेलिरहेका प्रहरी इन्स्पेक्टरमाथि गोली प्रहार, अवस्था गम्भीर

जनता संवाददाता
२०८० कार्तिक १३ गते, सोमबार

श्रीनगर । श्रीनगरमा क्रिकेट खेलिरहेका जम्मू कश्मीरका एक प्रहरी अधिकारीलाई चरमन्पन्थीहरूले गोली हानेका छन्। उनको अवस्था चिन्ताजनक रहेको अधिकारीहरुले बताएका छन् ।

इन्स्पेक्टर मसरूर अहमद वानी स्थानीय युवाहरूसँग ईदगाह मैदानमा क्रिकेट खेलिरहेका थिए जब चरमन्पन्थीहरूले आक्रमण गरेका थिए। घाइते इन्स्पेक्टरलाई तत्काल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ डाक्टरहरूले उनको अवस्था गम्भीर रहेको बताएका थिए।

‘इन्स्पेक्टर मसरूर अहमद ईदगाह नजिकै आतंककारीहरूले गोली हान्दा घाइते भएका छन्,’ कश्मीर जोन पुलिसले सोशल मिडिया प्लेटफर्म एक्समा जानकारी दिएको छ। आक्रमणमा पेस्तोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सम्पूर्ण क्षेत्र नाकाबन्दी गरी अनुसन्धान सुरु गरिएको छ। एजेन्सी

प्रकाशित मिति : २०८० कार्तिक १३ गते, सोमबार


Scroll to Top

Janata Media