अदानचुलीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, सुर्योदय मावि प्रथम

जनता संवाददाता
२०८० बैशाख ८ गते, शुक्रबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा पालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाही , वडा नं ५ का अध्यक्ष कमल छत्याल, वडा नं ४ का अध्यक्ष मनऋषि पाण्डे लगायत अन्य जनप्रतिनिधि, विभिन्न पार्टीका नेताहरु र अधिकांश विद्यालयका विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रम सम्पन्न भए लगत्तै अध्यक्ष सिंह, अधिकृत शाही, वडाका अध्यक्षहरु र विभिन्न पार्टीका प्रतिनिधिहरुले पुरस्कार वितरण गरेका छन् ।

उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम सुर्योदय माध्यामिक विद्यालय, द्धितिय कैलाशपुरी माध्यामिक विद्यालय, तृतीय ज्ञानोदय माध्यामिक विद्यालय र सान्त्वना सल्लाघारी माध्यामिक विद्यालय भएका छन् ।

प्रथम हुने सुर्योदय माध्यामिक विद्यालयले १७ स्वर्ण ५ रजत २ कास्य पदक पाएको छ । द्धितिय हुने कैलाशपुरी माध्यामिक विद्यालयले ४ स्वर्ण ११ रजत ६ कास्य पदक पाएको छ । तृतीय ज्ञानोदय माध्यामिक विद्यालयले ३ स्वर्ण ७ रजत १२ कास्य पदक पाएको छ । त्यस्तै सान्त्वना मसल्लाघारी माध्यामिक विद्यालयले २ स्वर्ण ३ रजत ७ कास्य पदक पाएको छ ।

प्रथम, द्धितिय, तृतीय, सान्त्वना हुने माथि उल्लिखित विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि एवम् अभ्यक्ष सिंहले सिल्ड तथा मेडल स्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : २०८० बैशाख ८ गते, शुक्रबार


Scroll to Top

Janata Media