ट्रकको ठक्करबाट एकको मृत्यु

जनता संवाददाता
२०८० मंसिर ३ गते, आईतवार

काठमाडौँ । कान्ति लोकपथको हेटौँडा उपमहानगरपालि ६ स्थित शान्तिटोल सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

कान्तिलोकपथ सडक खण्डमा शिवम् सिमेन्ट उद्योगबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख १८१६ नं.को सिमेन्ट लोड गरेको ट्रकले स्थानीय करिब ३८ वर्षीय निरा बजगाईँलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार ट्रक र ट्रकका चालक प्रहरी चौकी, चौघडा मकवानपुरको नियन्त्रणमा छ ।

प्रकाशित मिति : २०८० मंसिर ३ गते, आईतवार


Scroll to Top

Janata Media