आगो लगाएर घाइते भएकी महिलाको मृत्यु

जनता संवाददाता
२०८१ मंसिर ३० गते, आईतवार

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित किरातचोक नजिकको बागमती नदीकिनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको आइतबार मृत्यु भएको छ ।

चितवनको रत्ननगर नगरपालिका–१२ घर भई बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले शनिबार दिउँसो १२ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाइ गम्भीर घाइते भएकी हुन् ।

आगोले जलेर गम्भीर घाइते भएको उनका उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “शनिबार दिउँसो बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि पेट्रोल छर्केर आगो लगाएको र गम्भीर घाइते भएकी उनको उपचारका क्रममा आज साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

” मृतक आचार्यको शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज टिचिङमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २०८१ मंसिर ३० गते, आईतवार


Scroll to Top

Janata Media