केपी ओली कप : जावलाखेल सेमिफाइनलमा

जनता संवाददाता
२०८० फाल्गुन १५ गते, मंगलवार

काठमाडौं । आयोजक केपी ओली एफसीलाई हराउँदै जावलाखेल यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा मङ्गलबार भएको खेलमा जावलाखेलले केपी ओली एफसीलाई २–१ गोलले हरायो । जावलाखेललाई जित दिलाउन नीराजन धामी र निरज चौधरीले गोल गरे ।

केपी ओली एफसीका लागि पेपे एडमा डोम्बियाले एक गोल फर्काए । जावलाखेलले सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । एनआरटीले थ्री स्टार क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते, मंगलवार


Scroll to Top

Janata Media