दुर्गा प्रसाईँको प्रदर्शनमा २८ घाइते, ६ जनाको उपचार हुँदै

जनता संवाददाता
२०८० मंसिर ८ गते, शुक्रबार

काठमाडौँ । काठमाडौँको बल्खुमा बिहीबार भएको दुर्गा प्रसाईँको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् । झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन भने छजनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।

उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो । रासस

प्रकाशित मिति : २०८० मंसिर ८ गते, शुक्रबार


Scroll to Top

Janata Media