हुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा रामबहादुर भण्डारी निर्वाचित

जनता संवाददाता
२०८० मंसिर १५ गते, शुक्रबार

हुम्ला । हुम्ला उद्योग वाणिज्य संघकोे अध्यक्षमा रामबहादुर भण्डारी निर्वाचित भएका छन् । उद्योग वाणिज्य संघ हुम्लाको २४ औं जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

संघको २४ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा भण्डारी, उपाध्यक्षमा प्रकाश रावत र छक्क रोकाया सर्वसम्मत चयन भएका छन् भने सचिवमा कैलाश रोकाया, कोषाध्यक्षमा टेकबहादुर रोकाया र सहसचिबमा सरोज रावत चयन भएका हुन् ।

त्यसैगरी हुम्ला उद्योग वाणिज्य संघको जिल्ला कार्यसमितिको सदस्यमा लोकेन्द्र रावत, जीवन रावल, नरेन्द्र शाही, रामजंग रावत, गिता लामा, तिर्थ बुढा र सुर्य रावत चयन भएका छन् ।

प्रकाशित मिति : २०८० मंसिर १५ गते, शुक्रबार


Scroll to Top

Janata Media