हुम्लामा चारदिनदेखि बेपत्ता स्वास्थ्यकर्मी अंग फडेराको शव फेला

जनता संवाददाता
२०८० मंसिर १९ गते, मंगलवार

हुम्ला । हुम्लामा चारदिनदेखि बेपत्ता एक जनाको शव फेला परेको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षिय अंग फडेराको शव फेला परेको हो ।

मृतक फडेराको घरभन्दा करिब आधा घण्टा टाढाको दुरीमा पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

सामुदायिक स्वास्थ्य इकाई उनापानीमा कार्यरत अ.हे.व समेत रहेका फडेरा गत शुक्रबारदेखि बेपत्ता भएको भन्दै आफन्तले खोजि कार्य तिव्र गरेका थिए । सोमबार दिउसो साढे २ बजे घाँटीमा गम्भिर चोट लागेको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरी मुचुल्कापछि बाजुरा जिल्लाको सामुदायिक स्वास्थ्य केन्द्र कोल्टीमा शवको पोष्टमार्टम गर्न लैजाने भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउन सकेको छैन ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार


Scroll to Top

Janata Media