यू–१९ एसिया कप क्रिकेट अन्तर्गत नेपाल आज अफगानिस्तानसँग भिड्दै

जनता संवाददाता
२०८० मंसिर २४ गते, आईतवार

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्न लागेको छ। समूह ‘ए’ मा रहेको नेपालले आज अफगानिस्तानसँग खेल्न लागेको हो।

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ। यसअघिको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित बनेको नेपाल आजको खेलमा पहिलो जितको खोजीमा रहनेछ।

आजै हुने अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड १ मा ११ः १५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : २०८० मंसिर २४ गते, आईतवार


Scroll to Top

Janata Media