सिमित श्रोत साधनका बिच पनि दृढ संकल्पित भएर, कैयौँ चुनौतिहरुलाई चिर्दै कार्यभार लाई उदाहरणिय बनाउन सक्ने संदेश दिएर गोरखा अस्पतालका निमित्त मेसु हरि कुमार श्रेष्ठले बिदाई लिएका छन् । लगभग २ बर्षिय आफ्नो कार्यकाल सकाएर जान लागेका गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट श्रेष्ठको मेहनतले अस्पतालमा उल्लेखिय सुधारहरु भएको देखिन्छ ।
उनले २०७८।१०।०५ गते अस्पतालमा हाजिर भएका बेला जनशक्ति अभाव, अव्यबस्थित सेवा प्रवाह, तलब भत्ताको असुविधा देखि लिएर बिशेषज्ञ सेवाको समस्या, ल्याबको समस्या लगायतका तमाम जटिलताहरुले उनलाई स्वागत गर्ने पंक्तिमा लामबद्ध थिए । हरेक चुनौतिलाई स्विकार गरि डे वन बाटै योजनाबद्घ तरिकाले अस्पताललाई पुर्ण रुपमा सेवामुखी बनाउने उद्देश्यले काम थालेपछि असम्भव त के नै थियो र ।
अस्पतालको नेतृत्व सम्हाले देखि नै उनले अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरिय सेवा दिने लक्ष्य उनको थियो । अस्पतालमा आउँदा प्रमुख समस्याहरु के(के रहेछन् भन्नेमा उनको चासो केन्द्रित भयो भयो ।
सोही अनुसार त्यतिबेला कर्मचारीले समयमा नै तलब नपाउने, अस्पतालमा कर्मचारीहरुको कमी, बिशेषज्ञ चिकित्सक तथा मेडिकल अफिसरको अभाव अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी रिफर भएर जाने गरेको तथा सुत्केरी गराउन आउनेको संख्यामा पनि एकदम कमि थियो । यिनै कमी कमजोरीहरुलाई प्राथमिकतामा राखेर उनले प्रहार गर्ने योजना बनाए ।
करिब २३ महिनाको बसाईमा उनले धेरै काम गर्न सकेको बताएका छन् । यस अन्तरालमा अस्पतालको स्तरोन्नतीका लागि भरपुर जोडबल गरे ।
उनका उपलब्धिहरु
जनशक्तिमा वृृदि
२०७८माघ ५ गते आउँदा कर्मचारीको संख्या जम्मा १०३ जना थियो भने अहिले संख्या २७ ले बढेर १३० जना कर्मचारी पुगेका छन् ।
विशेषज्ञ सेवा
म आउँदा विशेषज्ञ चिकित्सकको संख्यामा कमी थियो र मेरो कार्यकालमा विभिन्न विशेषज्ञ चिकितसकहरु यस अस्पतालमा आएर सेवा दिएको उनले बताएका छन् । विशेषज्ञ चिकित्सकमा गाइनोकोलोजिष्ट २ जना ईन्टरनल मेडिसिन २ जना, गाइनेकोलोजिष्ट २ जना, रेडियोलोजिस्ट १ जना, ईन्टरनल मेडिसिन १ जना, अर्थोपेडिक्स २ जना, ःम्न्ए १ जना, एनेस्थेसियोलोजिस्ट १ जनाm जनरल सर्जरी १ जना, कन्सल्टसाईकोलाजिष्ट १ जना, गरी पेडियाट्रिक्स १ जना भई सबै विशेषज्ञ सेवा एक बिरामीलाई प्रदान गरिदै आएका थियौं । यसको लागि प्रदेश लोक सेवा मेडिकल अफिस आयोगबाट गत वर्ष ६ जना विशेषज्ञ चिकित्सक गोरखा अस्पतालमा नियुक्ति गरिएको थियो। साथै अन्य चिकित्सक छात्रवृत्ति करार अन्तर्गत अस्पतालमा सेवा दिएको अनले बताएका छन् ।
गोरखा अस्पताल ज्ग्द्य अस्पतालमा परिणत
गोरखा अस्पतालमा अबका दिनमा गुणस्तरीय सेवा प्रदान गर्ने हेतुले ल्क्क्ष् को सहयोगमा ज्ग्द्य अस्पतालका रुपमा परिणत भएको छ । गत आ।व। २०७९।८० को साउनमा नै चार वर्षको लागि ल्क्क्ष् ले सहयोग गर्ने भनी यस अस्पतालसँग सम्झौता भएको छ । ल्क्क्ष् द्वारा मेडिकल अफिसर १ जना सहित १९ जना को जनशक्तिको सहयोग भइ आइरहेको छ । साथै उपकरणमा रक्षा, तालिम तथा ऋःभ् मा पनि ल्क्क्ष् को सहयोग रहँदै आएको छ ।
क्लिनिकल सेवा विस्तार
विशेषज्ञ चिकित्सकको सङ्ख्या बढेसँगै क्लिनिकल सेवा विस्तार, पाठेघरको अप्रेसन, सिजेरियन सेक्सन र अर्थोपेडिक अप्रेसन नियमित हुन थालेको छ । बिरामी तथा सेवाग्राही लाभान्वित भएका छन् ।
अस्पतालमा बिरामीको चापमा वृद्धि
अस्पतालमा बिरामीको चापमा वृद्धि भइरहेको छ । यसले अस्पतालमा बिरामीको अस्पताल प्रति विश्वास बढ्दै गइरहेको र अस्पतालमा सेवा बढेका कारणले नै बिरामीको संख्या बढेको साथै बिरामीले गुणस्तरीय सेवा पाएको महशुस हुन्छ।आ.व. २०७८/७९ २०७९/८० २०८०/८१ (कार्तिकसम्म)
जम्मा बिरामी सङख्या ५१३४१ ८०१२६ ३०८८९
DID ४०५४० ६९१४८ २६४४०
Emergency ८८५१ १०९७८ ४४४९
भर्ना भएका बिरामी १६७९ २५७५ ११६१
EHS सेवा ४३९ १६५४ ३८६
जम्मा सुत्केरी सेवा ४७९ ७२२ २३९
सिजेरियन सेक्सन भएका ७७ १७० ६४
फिजियोथेरापी सेवा ३९२ २०४० ६७५
मेजर अप्रेसन ३४ ६२ ४५
(सिजेरियन बाहेक)
गुणस्तरीय ल्याब सेवा
अस्पतालमा आएका विरामी ल्याब सेवा कै लागि पनि रिफर भएको देखियो । साथै विरामीको चाप बढ्दै जाँदा अस्पतालको ल्याबमा चाप भएको देखियो। तसर्थ तत्काल प्रदेश आपूर्ति केन्द्रलाई पटक पटक जानकारी गराई त्यहाँबाट ँगििथ ब्गतयmबतभम द्यष्यअजझष्कतचथ ब्लबथिकभच ःबअजष्लभ प्राप्त भयो । त्यसै गरी त्जथचयष्म ँगलअतष्यल जस्ता विशेष त्भकत गर्न पनि अस्पतालमा ऋीक्ष्ब् ःबअजष्लभ जडान भयो र बिरामी रेफर हुने संख्यामा कमी आयो । २०७८ माघमा म आउने बित्तिकै ऋगतिगचभरक्भलकष्तष्खष्तथ पनि यस अस्पतालमा सुरु गरियो र यसका लागि ल्याब शाखाका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।
ज्म्ख् सेवा
अस्पतालमा जटिल किसिमका बिरामीलाई भर्ना गरी राख्न तत्काल ज्म्ख् सेवा पनि शुरु भएको थियो ।
डायलाइसिस सेवा
२०७९ भदौमा यस अस्पतालमा डायलाइसिस सेवा शुरु भएको थियो । हाल नियमित २२ जना विरामीले सेवा लिंदै आएका छन्।
Electronic Medical Reterning
यस अस्पतालको काउन्टर, फार्मेसी, ल्याब, एक्सरे Electronic Medical Reterning मा समेत छ ।
MSS मा प्रदेशकै उत्कृष्ट अस्पताल
म आउनुभन्दा अघि MSS मा ४९ प्रतिशत मात्र भएको गोरखा अस्पताल प्रत्येक अर्धवार्षिक रूपमा हुने परीक्षणमा क्रमागत ७८, ८६, ९३, ९३ प्रतिशत ल्याउन सफल भएको छ । पछिल्लो MSS २०८०।०६।१८ मा भएको थियो । MSS- Minimum Service Standred
प्रदेश कै उत्कृष्ट अस्पताल
आ.व. २०७९।०८० मा गोरखा अस्पताल प्रदेश कै उत्कृष्ट अस्पताल समेत बनेको छ । २०८८०।०६।१४ र १५ गते भएको वार्षिक प्रदेश स्तरीय वार्षिक समीक्षामा अस्पताल ६४ प्रतिशत अंक ल्याई पहिलो भएको छ। यसका लाई सहयोग गर्न सम्पूर्ण कर्मचारीलाई म धन्यवाद तथा बधाई दिन चाहन्छु ।
अस्पतालको आन्तिरक आयस्रोतमा वृद्धि
मेरो कार्यकाल शुरू भए देखि नै अस्पतालको माय स्रोत वृद्धि भएको छ । बिरामीको संख्यामा वृद्धि भए सँगै आय स्रोत सँग सँगै बढेको छ । साथै विभिन्न शल्यक्रिया, ल्याब सेवा र फार्मेसी सेवा बढेसँगै यो पनि बढेको छ । विगतमा फार्मेसीमा औषधि नपाइनु एक मुख्य चुनौती बन्दै आइरहेको थियो भने औषधि टेण्डर गरे पश्चात् औषधि उपलब्धिमा सहजता हुँदै आएको छ । साथै फार्मेसीमा कर्मचारी को संख्यामा पनि वृद्धि गरिएको छ । निशुल्क औषधि र अन्य औषधि लिनेको छुट्टै कोठाको व्यवस्था पनि गरिएको छ ।
अस्पतालको आन्तरिक स्रोत यस प्रकारको छ ।
आर्थिक वर्ष २०७८र७९ २०७९र८० २०८०र८१
काउन्टर १३९१९४३० २७५१३१५४ ९९०३५००
बीमा १३३५७२५८ ३७४१७६०३ ९४२२४६५
फार्मेसी ३५३८५०० ५५२४२७८ २३३१६८०
जानेबेलामा पनि बिमाको रकम समयमा आउन नसक्नु अस्पतालको मुख्य चुनौती बन्दै आएको प्रति डा श्रेष्ठको चिन्ता कायम देखिएको छ । गत आर्थिक वर्षमा मात्र बिमाबाट अस्पतालले १ करोड ४२ लाख लिनुपर्ने देखिएको उनले भनेका छन । अस्पतालको गुणस्तरियताको लागि सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका छन् । र उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुुर्णलाई बिशेष धन्यवाद दिएका छन् ।







