जन्तीको जिप दुर्घटना, वडा सदस्यको मृत्यु

जनता संवाददाता
२०८० मंसिर २८ गते, बिहीबार

काठमाडौँ । प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्वरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उहाँका अनुसार जिपको टायर पञ्चर भएर जिप दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पाँच जना घाइते भएको र जिल्ला अस्पताल बिजुवारमा उनिहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २८ गते, बिहीबार


Scroll to Top

Janata Media