जीवनको प्रवाह नगरी सवारी चलाउनु पर्ने कर्णालीको बाध्यता

जनता संवाददाता
२०८० पुष ३ गते, मंगलवार

मोहनसिंह बुढा, हुम्ला । केहि वर्ष अगाडीमात्र राष्ट्रिय सडक सञ्जालसंग जोडिएको जिल्लाको सरिसल्लामा सवारी चालकले ज्यान दाऊमा राखेर सवारी साधन पुऱ्याउनु पर्ने बाध्यता रहेको छ । कर्णाली करिडोर अन्त्रगतको सर्केगाड गाउँपालिका वडा नम्बर १ को सरिसल्लामा सवारी साधन पुगाउन जोखिम मोल्नु परेको हो ।

गाउँपालिकाको वडा नम्बर १ मा पर्ने खच्चा खण्डको लगभग एक सय मिटर सडक दिनहुँ भासिन थालेपछि सवारी साधनलाई जोखिम मोल्नु परेको करीडोरमा गाडी चलायदे आएका सुर्खेत गुरास नगरपालिका वडा नम्बर ४ का लोकेन्द्र शाहीले जानकारी दिए । आफूले एक सातामा २ पटक सुर्खेतदेखी सरिसल्लासम्म रिजर्भ गाडी ल्याउने गरेको हुनाले उक्त खण्ड मर्मत सम्भार नहुँदा जहिले मुस्किल पर्ने गरेको छ ।

करिडोरमा गाडी नचलाउदा गाडीको किस्ता समेत नआउने कारणले एकातिर गाडी हाल्ने पर्ने र अर्कोतिर सडकमा समस्या हुदा खर्च धेरै हुने गरेको बताएका छन् । गाडीलाई उक्त खण्डमा चलाउदा सडक भासिदै गएपछि अहिले पनि ३० देखि ४० डिग्रि सम्म गाडी लच्काएर यात्रा गर्नु परेको छ । गाडि लच्किएको समयमा सवारलाई बाहिर झार्ने गरेको भएपनि सडकमा अहिले सास्ति खेपि रहनु परेको बताएका छन् ।

नेपाल सरकारले सिण्डिकेट फकावा गरेको भएपनि रिजर्भ गाडीलाई बिचमा भएका काउन्टरले पैसा उठाउने गरेको र अर्कोतिर जोखिमको सडक हुँदा झन सकश भएको छ । करिडोरका अन्य ठाउँमा सहजै यात्रा गर्ने गरेको भएपनि खच्चा खण्डको भासिनो माटो कर्णालीदेखि भासिदै गएपछि गाडिलाई मुस्किल भएको बताए । आफू‌ले बोलेरो जिप चलाउने गरेकोले केहि सहज हुने भए पनि अरुले माल वाहक ट्रक ल्याउँदा उनिहरुका लागि बाटो आफैले मर्मत समेत गर्नु परेको बताए ।

यतिवेला उक्त खण्डमा वर्षा नभएपनि फुयो मसिनो माटोका कारण जमिन भासिदा ४ ठाउँमा अति दुख गरेर सवारी साधन पार गर्नु परेको छ । गाडीमा ल्याइएका सवारलाई बाटो विग्रिएको भन्दै बिच बाटोमा छोड्दा आफूले गाली खाने भएकै कारण सम्वन्धित स्थलसम्म पुराउनु पर्ने बाध्यता रहेको छ । उक्त खण्डमा तत्काल मर्मतकालागि स्टेनवाई जेसिभि राख्नुपर्ने भएको सवारी चालक शाहीले बताए ।

प्रकाशित मिति : २०८० पुष ३ गते, मंगलवार


Scroll to Top

Janata Media