एसिया कप छनोट : नेपाल समूह ‘एफ’ मा

जनता संवाददाता
२०८१ मंसिर २४ गते, सोमबार

काठमाडौँ । सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एसिया कप फुटबलको तेस्रो चरणको छनोट खेलमा नेपाल समूह ‘एफ’ मा परेको छ ।

एसियाली फुटबल महासङ्घ ९एएफसी० ले सोमबार सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह ‘एफ’ मा परेको हो । नेपालको समूहमा आयोजक मलेसिया, भियतनाम र लाओस रहेको छ ।

आगामी मार्चमा सुरु हुने छनोट खेल राउन्ड रोविन ढाँचामा होम एन्ड अवेको हुनेछ । प्रत्येक समूहको विजेताले सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एएफसी एसियन कप खेल्न पाउनेछ ।

नेपालले मार्च २४ तारिख मलेसियासँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपालको प्रतिद्वन्द्वी सबै फिफा वरीयतामा नेपालभन्दा माथि छन् ।

प्रकाशित मिति : २०८१ मंसिर २४ गते, सोमबार


Scroll to Top

Janata Media