युएईबाट काठमाडौं आएको एयर अरेबिया बिमानको शौचालयमा मृत शिशु फेला

जनता संवाददाता
२०८० पुष ४ गते, बुधबार

काठमाडौं । युएईबाट काठमाडौं आएको एयर अरेबिया बिमानको शौचालयमा मृत शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान ९ बजे अवतरण गरेको विमानको शौचालयमा मृत शिशु भेटिएको विमानस्थलका प्रवक्ता सुवास झाले लोकपथलाई जानकारी दिए ।

‘वैदेशिक रोजगारीबाट फर्कने क्रममा शौचालयमा एकजना महिलाको गर्भ खेर गएको रहेछ,’ उनले भने, ‘यतिबेला उनको उपचार भइरहेको छ ।’

साथै, यस विषयमा थप अनुसन्धान भइरहेकोसमेत उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८० पुष ४ गते, बुधबार


Scroll to Top

Janata Media