तनहुँमा बस दुर्घटना : १५ जना घाइते

जनता संवाददाता
२०८० पुष १३ गते, शुक्रबार

काठमाडौं । व्यासमार्गमा पर्ने व्यास नगरपालिका– १० परेवाडाँडा बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । दमौलीबाट लमजुङको कुन्छा जाँदै गरेको गरेको ना ६ ख ५४७९ नं. को बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले दुर्घटनामा परी घइते भएकाको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

घाइते हुनेमा व्यास नगरपालिका–५ बस्ने २१ वर्षीया अन्जना थापा, व्यासकै वडा नम्बर १० बस्नेहरु ४५ वर्षीया शान्ती सुनार, ३६ वर्षीया ईन्द्रकला आचार्य, ४७ वर्षीया पार्वती बि।क हुनुहुन्छ ।

यसैगरी, भानु नगरपालिका ११ बस्ने ५३ वर्षीय याम बहादुर गुरुङ, व्यासको वडा नम्बर ८ बस्नेहरु ५५ वर्षीया सिता पौडेल, ४५ वर्षीया साबित्री पौडेल, पाँच वर्षीया युबिषा पौडेल, नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–९ बस्ने ५५ वर्षीय सन्तलाल रजवाल र कास्कीको रुपा गाउँपालिका–३ बस्नेहरु २२ वर्षीया निशा खत्री भुजेल, दुई वर्षीया दिव्यान्सी भुजेल, व्यास वडानम्बर ७ बस्ने ५४ वर्षीय अर्जुन थापा घाइते हुनु भएको छ ।

त्यस्तै, ६३ वर्षीय मिनबहादुर गुरुङ, व्यासको वडा नं. ९ बस्ने ४५ वर्षीय सुक बहादुर गुरुङ र सहचालक लमजुङको मध्य नेपाल नगरपालिका– १ बस्ने १८ वर्षीय विकास थापा घाइते हुनु भएको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १३ गते, शुक्रबार


Scroll to Top

Janata Media